पहिरोले बन्द कालीगण्डकी करिडोर तीन दिनपछि एकतर्फी सञ्चालनमा

Author

सजिलो पत्रिका

२०८२ असार ०९, सोमबार

51
Share
Featured
  • गुल्मीको कालीगण्डकी करिडोरमा पहिरोका कारण तीन दिन अवरुद्ध रहेको सडक सोमबार बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
  • कालीगण्डकी गाउँपालिका-२, गरगरेमा शुक्रबार ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको थियो।
  • जिल्ला प्रशासन कार्यालयले पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सतर्क रहन आग्रह गर्दै आपतकालीन जानकारीका लागि प्रहरी वा प्रशासनलाई खबर गर्न अनुरोध गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं ।

गुल्मीमा पहिरोका कारण तीन दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सोमबार बिहानबाट एकतर्फी सञ्चालनमा आएको छ। कालीगण्डकी गाउँपालिकाको हर्मिचौर-अर्बेनी खण्डमा खसेको पहिरो पन्छाएपछि सडक आंशिक रूपमा खुलेको हो।

कालीगण्डकी गाउँपालिका-२, गरगरेमा गत शुक्रबार बिहान सडकमाथिबाट ठूलो ढुङ्गासहित पहिरो खस्दा करिडोर पूर्ण रूपमा बन्द भएको थियो। कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष मञ्जुकुमारी दर्लामीका अनुसार, सोमबार बिहानबाट सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।

पहिरो पन्छाउन एक्साभेटर प्रयोग गरिए पनि आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण काममा बाधा पुगेको उपाध्यक्ष दर्लामीले बताइन्। ‘पानी परिरहेकाले पहिरो पूर्ण रूपमा हटाएर दुईतर्फी सञ्चालनमा ल्याउन समस्या भएको छ,’ उनले भनिन्।

यसैबीच, जिल्ला प्रशासन कार्यालय गुल्मीले पहिरोको जोखिम कायमै रहेको भन्दै यात्रा गर्दा उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। सडकमा कुनै समस्या भएमा नजिकको प्रहरी चौकी वा जिल्ला प्रशासन कार्यालयमा तत्काल खबर गर्न पनि प्रशासनले अनुरोध गरेको छ।

यो समाचारमा

गुल्मीकालीगण्डकी गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेपालगन्ज उपमहानगरपालिकाको १ अर्ब ७६ करोडको बजेट पारित

    बाँके । नेपालगन्ज उप-महानगरपालिकाका सभाले आगामी आर्थिक वर्षका  लागि प्रस्तुत एक अर्ब ७६ करोडको बजेट पारित गरेको छ ।नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा शनिबार सम्पन्न १९औँ नगरसभाले वागीश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिर, १०८ फिट अग्लो हनुमान् मूर्ति, व्यापारिक भवन निर्माण, जमुनाहा नाकामा  प्रवेशद्वार तथा नगर बसपार्क निर्माणसम्बन्धी प्रस्ताव

    Data is loading...

    Loading brands...

    Loading footer...