काठमाडौँ महानगरपालिका

उच्च अदालतको अन्तरिम आदेशसँगै राजु पाण्डे जिम्मेवारीमा फर्किए

Author

सजिलो पत्रिका

२०८२ असार ०५, बिहिबार

48
Share
Featured
  • उच्च अदालत पाटनको अन्तरिम आदेशपछि प्रमुख राजु पाण्डे बिहीबारदेखि पुनः काममा फर्किएका छन्।
  • अदालतले उनको ६ महिने निलम्बन कार्यान्वयन नगर्न आदेश दिएको हो।
  • पाण्डेले निलम्बनविरुद्ध उत्प्रेषण रिट दायर गरेपछि अदालतले उनको पक्षमा निर्णय सुनाएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ,असार ५ । 

काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे बिहीबारदेखि आफ्नो जिम्मेवारीमा फर्किएका छन्।

उच्च अदालत पाटनले उनको ६ महिने निलम्बनको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि उनी काममा फर्किएका हुन्।


पाण्डेले बिहीबार बिहान सुन्धारास्थित महानगर प्रहरी बलको कार्यालयमा हाजिर भई आफ्नो नियमित कामकाज सम्हालेका छन्।

बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको निलम्बन कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको थियो।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गत जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए। सोही निर्णयविरुद्ध पाण्डेले मंगलबार उच्च अदालतमा उत्प्रेषणको रिट निवेदन दायर गरेका थिए, जसको सुनुवाइ गर्दै अदालतले उनको पक्षमा आदेश दिएको हो।

यो समाचारमा

काठमाडौँकाठमाडौँ महानगरपालिकाराजुनाथ पाण्डे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...