कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ असार ०४, बुधबार

29
Share
Featured
  • बुधबार साँझ डालपुर नयाँबस्ती नजिक चट्याङ लाग्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
  • मृतकको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल, बहादुरगञ्ज पठाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ,असार ४ ।  

कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। विजयनगर गाउँपालिका–५ नौरंगियाकी अन्दाजी ४५ वर्षीया जन्ममति यादवको खेतमा भैंसी चराउँदै गर्दा चट्याङ लागेर ज्यान गएको हो।

इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार, डालपुर नयाँबस्ती गाउँ नजिकैको खेतमा भैंसी चराइरहेकी यादवलाई बुधबार साँझ करिब साढे ५ बजे चट्याङ लागेको थियो। चट्याङको प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक यादवको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल, बहादुरगञ्ज लगिएको प्रहरीले जानकारी दिएको छ।

यो समाचारमा

काठमाडौँकपिलवस्तुविजयनगर गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    राप्तीमा पुल नहुँदा बाँकेका तटीय बासिन्दा डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य

    बाँके । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल निर्माण नहुँदा तटीय क्षेत्रका नागरिक अझै पनि डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।नरैनापुर गाउँपालिका-६ गंगापुरका स्थानीय अगुवा सोहनलाल यादवले डुडुवा गाउँपालिकाको होलिया र नरैनापुर गाउँपालिकाको गंगापुरलाई जोड्ने राप्ती नदीमा पुल नबन्दा यसक्षेत्रका हजारौ नागरिकले जोखिमपूर्ण यात्रा गर्न बाध्य

    Data is loading...

    Loading brands...

    Loading footer...