१० दिन कैद सजाय तोकिएका युवकको कारागारमै मृत्यु,शंकास्पद मृत्यु भएको परिवारको दावी

Author

सजिलो पत्रिका

२०८२ असार ०४, बुधबार

40
Share
Featured

कारागारभित्र बिरामी परेका हरिशलाई सोमबार राति साढे ११ बजेतिर उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । चिकित्सकले उनलाई राति सवा १२ बजे मृत घोषणा गरेका थिए ।

समाचार सारांशGenerated using AI.

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा १० दिन कैद सजाय तोकिएका एक कैदीको मृत्यु भएको छ । कैलालीमा कारागार चलान भएको दोस्रो दिनमै २८ वर्षीय व्यवसायी हरिशसिंह पालीको असार २ गते राति मृत्यु भएको हो ।

बैंकिङ कसुर मुद्दामा उनलाई कैलाली कारागारमा असार १ गते चलान गरिएको थियो । डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का हरिश जेठ २९ गते डडेल्धुराको अमरगढी नगरपालिका–५, स्थित तुफानडाँडाबाट पक्राउ परेका थिए ।

उनलाई फैसला कार्यान्वयनका लागि कैलाली कारागार चलान गरिएको थियो । जेठ ३१ गते शनिबार परेकाले प्रहरीले उनलाई असार १ गतेमात्रै अदालत पेस गरेको थियो ।

 अदालतको आदेशले तोकिएको सजाय भुक्तानीका लागि सोहीदिन कैलाली कारागार चलान गरेको थियो । तर, कारागार चलान भएको दोस्रो दिनमै उनको मृत्यु भएको हो ।

कारागारभित्र बिरामी परेका हरिशलाई सोमबार राति साढे ११ बजेतिर उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । चिकित्सकले उनलाई राति सवा १२ बजे मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले कारागारभित्र बिरामी परेर अस्पलाल ल्याउँदा मृत्यु भएको बताए ।

‘कारागारभित्र बिरामी परेका कैदीलाई अस्पताल ल्याउँदा मृत्यु भएको हो । के कारणले मृत्यु भयो भन्नेबारे पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ,’’ उनले भने ।

पीडितको परिवारले हरिशको मृत्यु शंकास्पद रहेको बताएको छ । उनीहरू छानबिनको माग गर्दै प्रदर्शन गरेका छन् ।

कैलाली जिल्ला अदालतले ०८० फागुन २९ गते बैंकिङ कसुर मुद्दामा उनलाई १० दिन कैद र दुई लाख जरिवानाको फैसला सुनाएको थियो । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमै कार्यरत प्रहरी नायब निरीक्षक हरिजित नाथले उजुरी दिएका थिए ।

यो समाचारमा

कैलालीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    काठमाडौँ।कुमारी बैंक लिमिटेडले बाजुराको गौमूल गाउँपालिकाका ६ वटा सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले स्मार्ट टेलिभिजन उपलब्ध गराएको जनाएको छ ।बैंकको गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ग्रामीण तथा दुर्गम भेगका विद्यालयमा सूचना तथा सञ्चार प्रविधिमा

    Data is loading...

    Loading brands...

    Loading footer...