अर्थमन्त्रीलाई बोल्न नदि कांग्रेस सचेतक आपत्तिजनक शब्द प्रयोग भएको भन्दै रास्वपामाथि खनिएपछि !

Author

सजिलो पत्रिका

२०८२ असार ०२, सोमबार

63
Share
Featured

“आपत्तिजनक शब्दहरू यहाँ, मानव तस्करीको कुरा उठ्यो । बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुरा उठ्यो । मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो रु मानव तस्करीको परिभाषा कसरी पूरा गर्ने हो रु जसले ५–५ वटा व्यक्तिलाई हस्ताक्षर गरेर विदेश पठाएको मानव तस्करी हो कि ? कुन विषयको मानव तस्करी हो र?  सदनमा स्पष्ट पारियोस्,” उनले भनिन् ।

समाचार सारांशGenerated using AI.

काठमाडौँप्रतिनिधि सभा मा सोमबार अर्थमन्त्रीविष्णुप्रसाद पौडेल सांसदहरूले बजेटबारे उठाएका प्रश्नको जवाफ दिदै गरेका बेला बिचमै रोकेर नेपाली काँग्रेसकी सचेतक सुशीला थिङ ले  संसद्‌भित्र नाराबाजीमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको शब्द प्रयोग आपत्तिजनक रहेको बताएकी छन् ।

मानव तस्करी लगायत आपत्तिजनक शब्द प्रयोग गरेको र वक्ता बोलिरहेको बेलामा अवरोध भएको भन्दै उनले आपत्ति जनाएकी थिइन् । उनले मानव तस्करीबारे सदनमा स्पष्ट पार्न आग्रह गरिन् । 

“आपत्तिजनक शब्दहरू यहाँ, मानव तस्करीको कुरा उठ्यो । बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुरा उठ्यो । मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो रु मानव तस्करीको परिभाषा कसरी पूरा गर्ने हो रु जसले ५–५ वटा व्यक्तिलाई हस्ताक्षर गरेर विदेश पठाएको मानव तस्करी हो कि ? कुन विषयको मानव तस्करी हो र?  सदनमा स्पष्ट पारियोस्,” उनले भनिन् ।

उपसभामुख इन्दिरा रानालाई लक्षित गर्दै उनले पाँच जनालाई हस्ताक्षर गरेर विदेश पठाएको मानव तस्करी हो ? वा कुन विषयको मानव तस्करी हो ? भन्दै स्पष्ट पार्न आग्रह गरिन् ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित रास्वपाले संसद् अवरुद्ध गर्दै आएको छ ।

यो समाचारमा

विष्णुप्रसाद पौडेलकाठमाडौँप्रतिनिधि सभारमेश लेखक
नेपाली काँग्रेस4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...