विश्व रक्तदाता दिवसमा फुटुङमा सामाजिक कार्य: रक्तदान र दन्त शिविर सम्पन्न

Author

निरन्जन कार्की

२०८२ जेठ ३१, शनिबार

136
Share1
Featured
  • तारकेश्वर–७, फुटुङमा आयोजित कार्यक्रममा ५६ जनाले रक्तदान गरे र ८४ जनाले निःशुल्क दन्त परीक्षण गराए।
  • फुटुङ सरोकार मञ्चको आयोजनामा लियो क्लब अफ काठमाडौँ, ग्रुप अफ फुटुङ, हिमाल हस्पिटल, युथ डेन्टेस्ट्री, र सजिलो पत्रिकाको सहयोगमा कार्यक्रम सम्पन्न भयो।
  • युवाहरूको सक्रिय सहभागिता र सामाजिक सेवामा अभिरुचिले कार्यक्रम सफल हुन सहयोग पुग्यो, जसले समुदायमा सकारात्मक सन्देश दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ, जेठ ३१ । 

तारकेश्वर नगरपालिकावडा नं. ७, फुटुङमा विश्व रक्तदाता दिवसको अवसर पारेर वृहत् रक्तदान तथा निःशुल्क दन्त शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौँ उपत्यकामा देखिएको रगतको अभावलाई कम गर्न सहयोग पुर्‍याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन् भने ८४ जनाले आफ्नो दाँतको परीक्षण गराएका छन्।

फुटुङ सरोकार मञ्चको मुख्य आयोजनामा भएको कार्यक्रममा लियो क्लब अफ काठमाडौँ र ‘ग्रुप अफ फुटुङ’ नामक फेसबुक समूहले सह-आयोजकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो, जसले सामाजिक कार्यमा उनीहरूको बढ्दो अग्रसरतालाई दर्शाएको छ।


फुटुङ सरोकार मञ्चका सचिव श्री अजित सिंह बस्नेतका अनुसार रक्तदानका लागि ९७ जनाले उत्साहपूर्वक नाम दर्ता गराए पनि विभिन्न स्वास्थ्य परीक्षणपछि ५६ जना मात्र रक्तदानका लागि योग्य ठहरिएका थिए। उनले भने, "समाजसेवाको भावनाले प्रेरित भई हामी युवाहरूले यो कार्यक्रम आयोजना गरेका हौँ। रगतको अभाव पूर्ति गर्न र स्थानीय स्तरमा स्वास्थ्य सेवाको पहुँच बढाउन यो हाम्रो सानो प्रयास हो। सबैको सहभागिता र सहयोगले कार्यक्रम सफल भएकोमा हामी खुसी छौँ।"

रक्तदान कार्यक्रमसँगै सञ्चालित दन्त शिविरमा ८४ जना स्थानीयले निःशुल्क दाँत परीक्षण सेवा लिएको पनि सचिव बस्नेतले जानकारी दिए। कार्यक्रमलाई प्राविधिक रूपमा सफल बनाउन रक्त संकलन तथा परीक्षणका लागि हिमाल हस्पिटलको प्राविधिक टोली र दन्त परीक्षणका लागि युथ डेन्टेस्ट्रीले सहयोग गरेका थिए।

कार्यक्रमको मिडिया पार्टनरको रूपमा रहेको सजिलो पत्रिकाले आफ्नो फेसबुक पेजमार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारण गरी थप प्रचारप्रसारमा सघाएको थियो। युवाहरूको संगठित प्रयासमा सम्पन्न यस्ता कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

यो समाचारमा

तारकेश्वर नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...