नागढुंगामा माइक्रोबस २०० मिटर तल खस्यो, १९ जना घाइते

Author

सजिलो पत्रिका

२०८२ जेठ ३१, शनिबार

50
Share
Featured
  • काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रोबस नागढुंगामा दुर्घटना हुँदा १९ जना यात्रु घाइते भए।
  • सबै घाइतेको सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचार भइरहेको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ,जेठ ३१ ।

काठमाडौँबाट चितवनका लागि छुटेको एक माइक्रोबस धादिङको नागढुंगा-नौबिसे सडकखण्डमा दुर्घटनामा परेको छ। पिपलबोट नजिकबाट सडकबाट करिब २०० मिटर तल खस्दा माइक्रोबसमा सवार सबै १९ जना घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपीलराज बोहराका अनुसार बा ३ ख ८६२९ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट तल खसेको हो।दुर्घटनाको सूचनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो। घाइते सबैलाई उपचारका लागि काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा ल्याइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

काठमाडौँधादिङचितवन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...