
काठमाडौँ।शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन सडक खण्डमा ठाउँठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। विशेषगरी जवाङ खोलासहित केही स्थानमा ठूला पहिरो खसेकाले सवारी साधन पठाउन नसकिने भन्दै नागढुंगा चेकपोस्टबाट ट्राफिक प्रहरीले माइकिङ गर्दै गाडीहरू काठमाडौंतर्फ नै फर्काइरहेका छन्।हालसम्म २५० वटा भन्दा बढी गाडीहरू...