संसद् अवरोधकै बीच आज बैठक: के होला बजेटमाथिको छलफल?

Author

सजिलो पत्रिका

२०८२ जेठ ३०, शुक्रबार

24
Share
Featured
  • आज दिउँसो १ बजे संसद बैठक बस्नेछ, जहाँ आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि सामान्य छलफल सुरु गर्ने प्रस्ताव पेश हुने सम्भावना छ।
  • प्रमुख प्रतिपक्षको अवरोधका कारण बैठकको कार्यसूची अघि बढ्नेमा अनिश्चितता कायम छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ, जेठ ३० । 

संघीय संसद्, प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल प्रारम्भ गर्ने मुख्य कार्यसूची रहेको छ।

यद्यपि, प्रमुख प्रतिपक्षी दलको निरन्तरको अवरोधका कारण बैठकका कार्यसूची अघि बढ्नेमा अनिश्चितता छ।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यसका साथै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि रहेको छ।

बैठकको सुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउनेछन्। विगत केही दिनदेखि संसद्मा जारी अवरोधका कारण बैठकहरू कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएका छन्।

यो समाचारमा

काठमाडौँप्रतिनिधि सभारामहरि खतिवडाविष्णुप्रसाद पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...