पूर्वमुख्यमन्त्री विजय रुपाणीको विमान दुर्घटनामा मृत्यु

Author

सजिलो पत्रिका

२०८२ जेठ २९, बिहिबार

79
Share
Featured
  • विमान दुर्घटनामा निधन: लण्डन जाँदै गरेको एयर इन्डियाको विमान अहमदाबादबाट उडेको केही समयमै दुर्घटनाग्रस्त हुँदा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीको निधन भएको छ। उनी सवार २४२ यात्रुहरूमध्ये एक थिए।
  • राजनीतिक यात्रा:  विजय रुपाणीले २०१६ मा गुजरातको मुख्यमन्त्रीको रूपमा कार्यभार सम्हालेका थिए। उनी आरएसएस र एबीभीपीमार्फत सार्वजनिक जीवनमा प्रवेश गरेका थिए र भाजपाका वरिष्ठ नेता तथा अमित शाहका विश्वासपात्र थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ  ।

लण्डनतर्फ उडेको एयर इन्डियाको विमान अहमदाबादबाट उडेपछि केही समयमै दुर्घटनामा पर्दा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीको निधन भएको छ।

एयर इन्डियाको आई १७१ फ्लाइटमा सवार २४२ यात्रुमध्ये एक रहेका रुपाणीको मृत्युको पुष्टि केन्द्रीय मन्त्री सीआर पाटिलले गरेका छन्। पूर्व मुख्यमन्त्री आनन्दीबेन पटेलपछि २०१६ मा मुख्यमन्त्री बनेका रुपाणीले २०२१ मा पदत्याग गरेका थिए। उनी भाजपाका वरिष्ठ नेता तथा अमित शाहका विश्वासपात्रका रूपमा चिनिन्थे।

राजनीतिक यात्रा आरएसएस र एबीभीपीबाट सुरु गरेका रुपाणी आपतकाल विरोधी आन्दोलनका कारण जेलसमेत गएका थिए। यो दुर्घटनामा निधन हुने उनी गुजरातका दोस्रो मुख्यमन्त्री बनेका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...