जसपा नेपालका प्रदेश सांसद सरोज सिंह कुशवाहा पक्राउ

Author

देवेन्द्र प्रसाद यादव

२०८२ जेठ २९, बिहिबार

98
Share1
Featured
  • कमिशन र अनियमितताको आरोपमा पक्राउ: मधेश प्रदेशका सांसद सरोज कुमार सिंह कुश्वाहा उपभोक्ता समितिमार्फत योजनामा आर्थिक अनियमितता गर्दै २५–३० प्रतिशत बजेट आफ्नै खातामा राखेको प्रमाणसहित अख्तियारको फन्दामा परेका छन्। उनलाई अनामनगरबाट नियन्त्रणमा लिइएको हो, र छानबिनका क्रममा योजनासम्बन्धी कागजात र डिजिटल सामग्रीहरू पनि जफत गरिएको छ।
  • राजनीतिक प्रभाव र अनुसन्धानको दायरा: कुश्वाहासँगै उनका सचिवसमेत पक्राउ परेका छन्, र अख्तियारले सम्पत्ति विवरणसहित विस्तृत अनुसन्धान सुरु गरेको छ। यो घटनालाई प्रदेश राजनीतिमा शुद्धीकरणको संकेतका रूपमा हेरिएको छ भने स्थानीय तहमा विकासका नाममा हुने भ्रष्टाचारको पर्दाफास सुरु भएको जनताको प्रतिक्रिया देखिएको छ।
समाचार सारांशGenerated using AI.

सर्लाही। 

विकास निर्माण कार्यमा उपभोक्ता समितिमार्फत अनियमितता गर्दै कमिशन लिएको आरोपमा मधेश प्रदेशका सांसद सरोज कुमार सिंह कुश्वाहा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। काठमाडौंको अनामनगर क्षेत्रबाट बुधबार साँझ उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ।

अख्तियारका अनुसार कुश्वाहाले २०७६ सालदेखि विभिन्न योजनामा उपभोक्ता समिति बनाइ आर्थिक अनियमितता गर्दै आएका थिए। ती योजनामा आउने बजेटमध्ये २५–३० प्रतिशत रकम उनी आफ्नै नामको बैंक खातामा सिधा निक्षेप गराउँदै आएको प्रमाण भेटिएको छ।

अख्तियारले सांसद कुश्वाहालाई पछिल्लो केही महिनादेखि निगरानीमा राखेको थियो। १२ जेठमा उनको महोत्तरीस्थित घरमा छापा मारिएको थियो। सो छापाका क्रममा अनुसन्धान टोलीले योजनासम्बन्धी महत्वपूर्ण कागजातहरू र मोबाइल उपकरणहरू नियन्त्रणमा लिएको थियो। ती सामग्रीहरू हाल डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइएको अख्तियार स्रोतको भनाइ छ।

छापामारको क्रममा उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई समेत नियन्त्रणमा लिइएको थियो। सचिव कायस्थले अनियमितता प्रक्रियामा सांसदको सहयोगी भूमिकामा कार्य गरेको आशंका गरिएको छ। अख्तियारले कुश्वाहामाथिको अनुसन्धानलाई उदाहरणीय बनाउने संकेत दिएको छ। भ्रष्टाचारका विरुद्ध ‘शून्य सहनशीलता’ नीतिअन्तर्गत कुनै पनि प्रभावशाली व्यक्तिलाई कारबाहीको दायराबाट बाहिर नराखिने स्पष्ट सन्देश आयोगले दिएको छ।

अख्तियारका एक उच्च अधिकारीका अनुसार,कुश्वाहामाथिको अनुसन्धानमात्र होइन, उनीसँग सम्बन्धित योजनामा संलग्न सबैको छानबिन हुनेछ। यस्ता दुरुपयोगले विकासको मर्म मरेको छ। महोत्तरी क्षेत्र नम्बर–४ ९ख० बाट प्रदेश सभामा निर्वाचित उनी स्थानीय स्तरमा ‘विकासे नेता’को छवि बनाउने प्रयासमा सक्रिय थिए। तर, पछिल्लो पक्राउले उनको राजनीतिक भविष्यमा गम्भीर असर पर्ने संकेत देखिएको छ।

स्रोतका अनुसार कुश्वाहामाथि स्थानीय तहका कतिपय योजना, विद्यालय निर्माण तथा स्वास्थ्य चौकी सुधार परियोजनाहरूमा पनि समान ढंगले रकम असुली गरिएको प्रारम्भिक प्रमाण भेटिएका छन्। अख्तियारले हाल उनको सम्पत्ति विवरण संकलन सुरु गरेको छ। उनले सांसद भएयता गरेको सम्पत्ति वृद्धि, बैक खाता, चल–अचल सम्पत्तिको विवरणलगायत सम्पूर्ण पृष्ठभूमि खोतल्ने तयारी आयोगले गरिरहेको छ। यदि अनुसन्धानबाट अवैध सम्पत्ति आर्जन पुष्टि भएमा अख्तियारले अख्तियार दुरुपयोग निवारण ऐनअनुसार मुद्दा दर्ता गर्नेछ।

कुश्वाहाको पक्राउलाई कतिपयले प्रदेश राजनीति सफा गर्न उठाइएको साहसी कदमको रूपमा लिएका छन्। स्थानीय समाजमा भने, विकासका नाममा पैसा बटुल्नेहरूको पर्दाफास हुन थालेको छू भन्ने प्रतिक्रिया देखिएको छ।

यो समाचारमा

मधेश प्रदेशसर्लाही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

    काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो। उनको सजाय भने अर्को पेसीमार्फत निर्धारण गरिने अदालतले जनाएको छ।अहिराजमाथि २०८१ जेठ ४ गते पीडितलाई कोठामा कोही नभएको मौका

    Data is loading...

    Loading brands...

    Loading footer...