मुस्ताङमा माओवादीको 'पेरिस डाँडा', प्रचण्डद्वारा पार्टी कार्यालय शिलान्यास

Author

सजिलो पत्रिका

२०८२ जेठ २९, बिहिबार

76
Share
Featured

काठमाडौँ,जेठ २९ । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङको घरपझोङ गाउँपालिका-४, जोमसोममा पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन्। बिहीबार बौद्ध परम्पराअनुसार उनले शिलान्याससँगै उक्त स्थानलाई पार्टीको केन्द्रीय कार्यालय रहेको पेरिस डाँडाको नाम दिएका छन्।

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति मुस्ताङका इन्चार्ज धीरेन्द्र विकका अनुसार, ६ कोठाको उक्त भवन निर्माणका लागि बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-२, छ्ङ्गुर निवासी ढच्युङ गुरुङले जग्गादान गरेका हुन। गुरुङको यो योगदानले पार्टीलाई स्थानीय स्तरमा भौतिक पूर्वाधार निर्माणमा ठूलो सहयोग पुगेको छ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले 'पार्टी कार्यालय भवन निर्माणपछि मुस्ताङमा संगठन विस्तार गर्न र यहाँका जनताको विकासको चाहनालाई पूरा गर्न थप बल पुग्ने विश्वास व्यक्त गरेका छन्।’ उनले पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई जनतालाई केन्द्रमा राखेर काम गर्न र उनीहरुको सुखदुःखमा साथ दिन निर्देशन दिए।

हिमाली जिल्ला मुस्ताङमा पार्टीको आफ्नै भवन निर्माण हुनुलाई माओवादी केन्द्रले संगठन सुदृढीकरणको महत्त्वपूर्ण कदमको रूपमा लिएको छ।

यो समाचारमा

घरपझोङ गाउँपालिकाबारागुङ मुक्तिक्षेत्र गाउँपालिकामुस्ताङनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
पुष्पकमल दाहाल5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...