फतुवा विजयपुरमा ट्यांकी वितरण प्रकरण: पत्रकारसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Author

देवेन्द्र प्रसाद यादव

२०८२ जेठ २६, सोमबार

23
Share
Featured

रौतहट । 

रौतहटको फतुवा विजयपुर नगरपालिकामा कृषकलाई स्प्रे ट्यांकी वितरण गर्दा अनियमितता गरिएको अभियोगमा पत्रकारसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव, तत्कालीन सहलेखापाल नवीनकुमार यादव, तराई पोष्ट दैनिकका प्रकाशक रुपेन्द्र पटेल तथा प्रतिनिधि ओमप्रकाश यादवविरुद्ध सोमबार भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार कृषि औजार अन्तर्गत कृषकलाई औषधि स्प्रे ट्यांकी वितरण गर्न नगरपालिकाले बोलपत्र आह्वान गरेको थियो। सो बोलपत्रको सूचना जनसवाल राष्ट्रिय दैनिक र तराई पोष्टमा प्रकाशित भएको देखाएर पत्रकार र कर्मचारीको मिलेमतोमा झुटा विवरण पेश गरी रकम भुक्तानी लिइएको खुल्न आएको छ।

तर वास्तविकतामा कुनै पनि पत्रिकामा बोलपत्र सूचना प्रकाशित नभएको अख्तियारको अनुसन्धानले देखाएको छ। सूचना नछापीकनै प्रकाशित भएको देखाएर जनसवाल राष्ट्रिय दैनिकलाई १ लाख ७२ हजार ८२५ रुपैयाँ र तराई पोष्टलाई ३९ हजार ४ सय रुपैयाँ गरी कूल २ लाख १२ हजार २२५ रुपैयाँ भुक्तानी गरिएको आयोगले जनाएको छ।

अख्तियारका अनुसार भुक्तानी प्रक्रिया सहज बनाउन चेकमा उल्लेखित नामसमेत केरमेट गरिएको पाइएको छ। त्यसैगरी, नगरपालिकामा रहेका आधिकारिक कागजातसमेत केरमेट गरी झुटा विवरण तयार पारिएको र त्यही आधारमा सरकारी रकम दुरुपयोग गरिएको अख्तियारको दाबी छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान र अख्तियारको विस्तृत छानबिनपछि प्रमाणका आधारमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो। फतुवा विजयपुर नगरपालिका–४ मा कृषकलाई आधुनिक कृषि उपकरण वितरण गर्ने कार्यक्रम अन्तर्गत स्प्रे ट्यांकी वितरण गरिने निर्णय भएको थियो। सोका लागि बोलपत्र आह्वानको प्रक्रिया सुरु भएको देखाइए पनि, सूचना पत्रिकामा प्रकाशित नगरिई केवल कागजमा उल्लेख गरी प्रक्रिया अगाडि बढाइएको पाइएको हो।

स्रोतका अनुसार ट्यांकी वितरण कार्यमा पनि समग्र पारदर्शिता कायम नभएको भन्ने उजुरीको आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो। सरकारी रकम अपचलन, गलत विवरण पेश, कागजात केरमेटजस्ता गम्भीर विषयमा पर्याप्त प्रमाण फेला परेपछि अख्तियारले पाँचै जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। यस प्रकरणलाई अख्तियारले सरकारी सेवाको दुरुपयोग तथा प्रेस क्षेत्रको आडमा गरिएको आर्थिक अनियमितताको उदाहरणका रूपमा लिएको छ।

यो समाचारमा

रौतहटअख्तियार दुरुपयोग अनुसन्धान आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...