प्रतिनिधिसभाको बैठक बस्दै, सुचारु होला त अवरुद्ध संसद ?

Author

सजिलो पत्रिका

२०८२ जेठ २६, सोमबार

33
Share
Featured

काठमाडौँ, जेठ २६ ।

प्रमुख प्रतिपक्षी दलको निरन्तरको अवरोधका बीच संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज दिउँसो बस्ने बैठकमा बजेटमाथिको छलफल प्रारम्भ गर्ने महत्त्वपूर्ण कार्यसूची भए पनि संसद सुचारु हुनेमा भने अनिश्चितता कायमै छ ।

प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। ‘भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएका छन्। सोही कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार, आजको बैठकको सम्भावित कार्यसूचीमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यक्रम छ ।


त्यसपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले "संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२" पेस गर्ने कार्यसूची रहेको छ ।

बैठकको सबैभन्दा महत्वपूर्ण कार्यसूचीको रुपमा बजेटमाथिको छलफल रहेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले "आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्" भनी प्रस्ताव प्रस्तुत गर्ने र त्यसमाथि छलफल सुरु हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

संसद्को छैटौँ अधिवेशनको यो २५ औँ बैठक हो । यसअघि पनि विपक्षी दलको अवरोधका कारण बैठकहरू प्रभावित हुँदै आएका छन्, जसले गर्दा महत्वपूर्ण विधेयक र बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन ।

यो समाचारमा

विष्णुप्रसाद पौडेलरमेश लेखककाठमाडौँरामहरि खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...