राजस्व कार्यालयको कडा कदम: भरतपुरमा २,३७३ करदाता निलम्बित

Author

सजिलो पत्रिका

२०८२ जेठ २५, आइतबार

30
Share
Featured

काठमाडौँ,जेठ २५।  

आन्तरिक राजस्व कार्यालय भरतपुरले नियमित रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) विवरण नबुझाउने दुई हजार ३७३ करदातालाई निलम्बन गरेको छ। लगातार छ महिनासम्म विवरण पेस नगरेका कारण आन्तरिक राजस्व विभागले ती व्यवसायीमाथि कारबाही गरेको हो।

कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार, विवरण नबुझाउने दुई हजार ४०० करदातामध्ये विभागले दिएको समयसीमाभित्र २७ जनाले मात्र विवरण बुझाएका थिए। बाँकी रहेका सबैलाई निलम्बन गरिएको हो। निलम्बनमा परेसँगै ती संस्था वा व्यवसायीको कारोबार रोक्का भएको छ भने उनीहरूसँग खरिद-बिक्री नगर्न सर्वसाधारणलाई सूचित गरिएको छ।

विभागले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ (८) अनुसार यो कारबाही अघि बढाएको हो। निलम्बनमा परेका करदाताले पुनः कारोबार सञ्चालन गर्न चाहेमा हालसम्म बाँकी रहेका सबै कर विवरण र सोसँग सम्बन्धित कर रकम बुझाउनुपर्नेछ।

सूचना अधिकारी पौडेलले करदातामा ज्ञानको कमीभन्दा पनि बेवास्ता गर्ने प्रवृत्तिले यो अवस्था आएको बताए। "कतिपयको कारोबार नभए पनि राज्यलाई त्यसको जानकारी (शून्य विवरण) दिनुपर्छ भन्नेमा बेवास्ता देखियो," उनले भने।

यो कारबाही राष्ट्रिय स्तरकै अभियानको एक हिस्सा हो, जसअन्तर्गत विभागले देशभरका ९५ हजार ३४९ करदातालाई निलम्बन गरेको छ। चितवन जिल्लामा भ्याटमा दर्ता भएका १० हजारभन्दा बढीसहित कुल ७२ हजार करदाता रहेका छन्।

यो समाचारमा

काठमाडौँभरतपुर

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...