संघीय निजामती ऐन ‘प्रसव वेदनामा’, विभेदपूर्ण भएको भन्दै कर्मचारी आन्दोलित

Author

सजिलो पत्रिका

२०८२ जेठ २१, बुधबार १३:४२

71
Share
Featured

काठमाडौँ,जेठ २१ ।

सरकारले निजामती कर्मचारीको हित विपरीत विभेदपूर्ण रूपमा संघीय निजामती सेवा ऐन जारी गर्ने तयारी गरेको आरोप लगाउँदै निजामती कर्मचारीहरूले आज (बुधबार) पनि आफ्नो आन्दोलन जारी राखेका छन्। लामो समयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिँदै आएका कर्मचारीहरूले ऐन छिटो र निष्पक्ष रूपमा जारी गर्न माग गरेका छन्।


मन्त्रालयमा धर्ना दिन पुगेकी नेपाल निजामती कर्मचारी संगठनकी केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहालले संघीय निजामती सेवा ऐन प्रसव वेदनामा छट्पटाइरहेको र जन्मन नसकेको बताइन्। निजामती कर्मचारीहरुलाई निर्देशन गर्ने मुख्य ऐन, समग्र निजामती प्रशासनलाई दिशा निर्देश गर्ने संघीय निजामती सेवा ऐन प्रसव वेदनामा छट्पटाइरहेको छ। जन्मन पाएको छैन, सकुशल जन्मियोस् भन्नको लागि यो आन्दोलन गरिएको हो, उनले भनिन्।


यसैगरी, मन्त्रालय अगाडि धर्नामा बसेका नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञ वलीले संघीय निजामती सेवा ऐन शीघ्र जारी गरी सबैखाले कर्मचारीका विषय समेटिनुपर्नेमा जोड दिए। उनले भने, हाम्रो १० बजेदेखि ११ बजेसम्म मात्र धर्ना कार्यक्रम हो, यो आन्दोलन हैन। हामी आन्दोलनको सामान्य स्वरुपमा मात्र छौँ। यो सुरुवाती चरण मात्र हो, सांकेतिक विरोध मात्र हो।

उनले अगाडि थपे, संघीय निजामती सेवा ऐन चाँडै आओस्। यसमा स्थानीय, प्रदेशमा समायोजन भएका साथीहरू, संघका पीडित साथीहरू, करार, ज्यालादारी सबैका विषय समेटियोस् भनेर हामी खबरदारी गर्न आएका हौँ। वलीले राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरिसकेको ऐनलाई उच्च प्रशासकहरूले रोक्न खोजेको आरोप पनि लगाए। कर्मचारीहरूले आफ्ना मागहरू सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने संकेत दिएका छन्।


यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#धर्ना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    sajilo patrika

    चितवनको पुँजीगत खर्च ५८ प्रतिशत मात्रै

    १५ ठाउँको पहिरो पन्छाएपछि खुल्यो नारायणगढ-मुग्लिन सडक

    चुरियामाई र भुटनदेवीसहित हेटौंडाका ऐतिहासिक धार्मिक सम्पदाको विवरण अद्यावधिक गरिँदै

    हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको खाका तयार, परीक्षण उत्पादनका लागि बजेट निकासा

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    News Image

    कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

    News Image

    पाइलट हिरासतमा परेपछि बुद्ध एयरले बनायो छानबिन समिति

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू