विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा दुई जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ वैशाख ३०, मङ्गलबार

56
Share
Featured

काठमाडौँ  । 

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका-१ का ३५ वर्षीय प्रेमबहादुर साउद र सुर्खेत सिम्ता गाउँपालिका-८ घर भई हाल महालक्ष्मी नगरपालिका, ललितपुर -१ बस्ने २१ वर्षीय ललित बोहरा रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साउदलाई काठमाडौं-१२ र बोहरालाई ललितपुर-३ बाट पक्राउ गरेको उक्त कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

साउदले आयरल्यान्ड पठाइदिन्छु भनी तीन जना व्यक्तिबाट ४१ लाख ९० हजार र युके पठाइदिन्छु भन्दै बोहराले एक जनाबाट १० लाख रुपैयाँ ठगी गरेको आचार्यले बताए।

विदेश लैजाने बहानामा रकम लिएर लामो समय फरार भएपछि दुबैविरूद्ध पीडित प्रहरीमा उजुरी गर्न पुगेका थिए। पक्राउ परेकालाई मंगलबार वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।

यो समाचारमा

ठाकुरबाबा नगरपालिकाललितपुरकाठमाडौँमहालक्ष्मी नगरपालिका, ललितपुर
आयरल्यान्ड5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...