शिक्षक आन्दोलनपछि सामुदायिक विद्यालयमा विद्यार्थीहरुको संख्यामा कमी

Author

सजिलो पत्रिका

२०८२ वैशाख २७, शनिबार

47
Share1
Featured

जनकपुर

शिक्षक आन्दोलनपछि सामुदायिक विद्यालयहरुमा नयाँ सत्रका लागि भर्ना गराउन आउने विद्यार्थीहरुको संख्यामा कमी आएको छ ।

अहिले नयाँ शैक्षिक सत्र २०८२ का लागि विद्यार्थी भर्ना अभियान जारी रहेको छ । यसै क्रममा धनुषाका सामूदायिक विद्यालयहरुले पनि विद्यार्थी भर्ना अभियान जारी राखेको छ । तर गत वर्षको तुलनामा यस वर्ष विद्यार्थीहरुको संख्यामा कमी आएको जनकपुरधामस्थित ज्ञानकुप विद्यालयका प्रधानाध्यापक संजय झा बताउँछन् । 

उनले अहिले कक्षा कक्षा ४ देखि ९ सम्मको विद्यार्थीहरुको भर्नाका लागि ११ सय  जनाको आवेदन आएकोमा प्रवेश परीक्षामा जम्मा ९ सय जना मात्र सहभागी हुन आएको बताए । यो संख्या पहिलेको वर्षहरु भन्दा करीब ५० प्रतिशत कम भएको उनले जानकारी दिए । 

विद्यार्थीको संख्या अधिक भएका कारण गत वर्षहरुमा २ देखि ३ चरणसम्म प्रवेश परीक्षा लिनुपर्ने हुन्थ्यो तर यस वर्ष अधिकांश परीक्षा कोठाहरु खाली रहेको प्रधानाध्यापक झाले बताए । विद्यार्थीको संख्यामा कमी आएतापनि त्यसले शैक्षिक गुणस्तरमा कुनै कमी नआउने उनको भनाई छ । शिक्षक आन्दोलनका कारण १८ दिनको अन्तर आएतापनि वर्षे विदा, हिँउदे विदा, सार्वजनिक विदाहरुमा समायोजन गरेर विद्यार्थीहरुलाई पढाउनुपर्ने क्रेडिट आवर पुर्याईने उनले जानकारी दिए ।

देशैभरिका शिक्षकहरुले विभिन्न माग राख्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । सो आन्दोलनका कारण शैक्षिक वर्ष, भर्ना अभियान, एसईईको नतिजा र कक्षा १२ को परीक्षा प्रभावित भएको थियो ।


यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...