चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

Author

सजिलो पत्रिका

२०८२ वैशाख १०, बुधबार

56
Share
Featured

काठमाडौँ। नेपाल चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बैशाख ११ गते बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्ने भएको छ । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्ने र उपत्यका भित्रका सम्पूर्ण चिकित्सकहरुलाई माइतीघरमा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आह्वान गरेको हो । 

साथै २४ घण्टाभित्र माग सम्बोधन नभएमा २०८२/०१/१२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने पनि जानकारी गराएको छ ।

चिकित्सकहरुको आत्मसम्मानको यस आन्दोलनलाई सफल पार्न देशभरिका सम्पूर्ण नागरिक, नागरिक समाज, पेशागत संघ सङगठन विभिन्न मेडिकल सोसाइटीहरु, बुद्धिजिवी, पत्रकार लगायत सम्पूर्णमा नेपाल चिकित्सक संघले आग्रह गरेको छ ।

यसबाट सर्वसाधरणमा पर्न जाने असुविधाप्रति नेपाल चिकित्सक संघ क्षमा माग्दै सोको जिम्मेवारी स्वयंम सरकारले लिनुपर्ने पनि संघको भनाई छ । 

विगत २८ दिनदेखि चिकित्सकहरूको माग सम्बोधन गर्न राज्यले गरेको उदासीनताप्रति नेपाल चिकित्सक संघ स्तब्ध भएको छ । 

समस्याको समाधान गर्न जिम्मेवार हुनुपर्ने भन्दा यस संस्थाका पदाधिकारी र संस्थालाई तुच्छ शब्द प्रयोग गरी कपोकल्पित आरोप लगाई भ्रम छर्ने काम गर्ने एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजका पदाधिकारीको कार्यको घोर भत्सर्ना गर्दै आरोप पुष्टि गर्न पनि खुल्ला चुनौती दिएका छ । 

आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाउनुपर्ने आवश्यकतालाई महसुस गरी निजी मेडिकल कलेजमा काम गर्ने सम्पूर्ण चिकित्सकहरुलाई आफ्नो आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण काम छोडि संघर्षमा आउन पनि संघले आह्वान गरेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...