
काठमाडौँ, ०७ जेठ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति शी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्दै चीन–रुस सम्बन्धलाई ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ भएको बताउनुभएको छ । विश्व राजनीति तीव्र ध्रुवीकरणतर्फ गइरहेका बेला दुई नेताले आफ्नो साझेदारीलाई अझ गहिरो बनाउने सङ्केत दिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण लगत्तै...