ऊर्जा राज्यमन्त्रीलाई प्रधानमन्त्रीले गरे बर्खास्त

Author

सजिलो पत्रिका

२०८२ वैशाख १०, बुधबार

153
Share
Featured

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङलाई लिएर ऊर्जामन्त्री दीपक खड्कासँग सुरू भएको द्वन्द्व बढ्दै गएपछि तामाङ बर्खास्तीमा परेका छन् ।

त्यसैगरी ऊर्जा सचिव सुरेश आचार्यसँग पनि उनको तनाव थियो । आफ्नो कार्यक्रममा उपस्थित नभएको भन्दै उनले ऊर्जा सचिव आचार्यलाई स्पष्टीकरण सोधेका थिए ।

मन्त्रीदेखि सचिवसहितसँग झगड चलेपछि कार्यशैलीमा प्रश्न उठेको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि राखेका थिए ।

त्यसपछि गृहमन्त्री रमेश लेखकले तामाङलाई राजीनामा दिन सुझाएका थिए । तर, तामाङले राजीनामा नदिने अडान लिँदा प्रधानमन्त्रीले बर्खास्त गरेका हुन् ।

कांग्रेसका सांसदसमेत रहेका तामाङले नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा उभिएर उनको बर्खास्तीविरुद्ध बोलेका थिए ।


यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कीर्तिपुर डुबानपछि खरिपाटी सारिएका सुकुमबासी भेट्न गृहमन्त्रीसहित आधा दर्जन मन्त्री होल्डिङ सेन्टरमा

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेका छन् ।मन्त्री गुरूङसँगै सरकरका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य

    Data is loading...

    Loading brands...

    Loading footer...