
काठमाडौँ।भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले आफूमाथि अमेरिकाले लगाएका सबै आपराधिक आरोपहरूलाई अस्वीकार गरेका छन्। अमेरिकाको न्युयोर्कस्थित म्यानहटन संघीय अदालतमा उपस्थित गराइएका ६३ वर्षीय मदुरोले आफू ‘निर्दोष’ रहेको बयान दिएको हो।उनीविरुद्ध ‘नार्को–टेररिज्म’ (लागूऔषध आतंकवाद) को षड्यन्त्र गरेको, मेसिनगन र विनाशकारी उपकरणहरू राखेको जस्ता गम्भीर अभियोगहरू लगाइएका छन्। अदालतमा मदुरोले आफू अझै...