
काठमाडौँपूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन्। उनी आज भारत गएका हुन्।उनका साथ पूर्वमन्त्री हिसिला यामी पनि भारत गएकी छन्।भट्टराई भारतमा आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुन गएका हुन्। उनको सचिवालयका अनुसार उनी वैशाख २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।