
काठमाडौँदिल्लीमा निधन भएका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सोमबार बिहान सिलिगुडीस्थित बागडोगरा विमानस्थल ल्याइएको छ । विमानस्थलमा दार्जिलिङका भाजपाका सांसद राजु बिष्टसहित मनोरञ्जन क्षेत्रका विभिन्न व्यक्तित्वहरूले दिवंगत तामाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।गोर्खा शहीद सेवा समितिका राष्ट्रिय अध्यक्ष एन्ड्र्यु गुरुङका अनुसार तामाङको पार्थिव शरीर विमानस्थलबाट दार्जिलिङ...