
काठमाडौँसरकारले भारतसहित ६ देशका लागि नियुक्त नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूलाई फिर्ता बोलाइएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।फिर्ता बोलाइएका राजदूतहरूमा भारतका लागि डा. शङ्करप्रसाद शर्मा, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलङ्काका लागि डा. पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुम्निमा तुलाधर र...