सरकारद्वारा भारतसहित ६ देशका राजदूत फिर्ता बोलाउने निर्णय

Author

सजिलो पत्रिका

२०८२ चैत २४, मङ्गलबार

17
Share
Featured

काठमाडौँ

सरकारले भारतसहित ६ देशका लागि नियुक्त नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूलाई फिर्ता बोलाइएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

फिर्ता बोलाइएका राजदूतहरूमा भारतका लागि डा. शङ्करप्रसाद शर्मा, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलङ्काका लागि डा. पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ रहेका छन्।

उक्त राजदूतहरू तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका थिए। सरकारको पछिल्लो निर्णयसँगै भारत, चीन, अमेरिका लगायत १७ देशका नेपाली कूटनीतिक नियोगहरू नेतृत्वविहीन बनेका छन्।

यो समाचारमा

काठमाडौँभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...