प्रधानमन्त्री शाहको संसद् छाड्ने कदम ‘ध्यान भड्काउने रणनीति’ : जेन्जी अभियन्ता निरौला

Author

सजिलो पत्रिका

२०८३ जेठ ०५, मङ्गलबार

19
Share
Featured
  • जेनजी अभियन्ता मोनिका निरौलाले प्रधानमन्त्री बालेन्द्र शाह संसद्‌बाट बीचमै उठेर हिँड्नुलाई ध्यान भड्काउने रणनीति भनेकी छन् ।
  • उनका अनुसार त्यसबेला भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी सम्बन्धी गम्भीर मुद्दामा प्रतिपक्षले प्रश्न उठाइरहेको थियो ।
  • उनले विस्थापित नागरिकको पुनर्स्थापना, सुरक्षा र व्यवस्थापनबारे स्पष्ट सरकारी योजना आवश्यक रहेको जोड दिएकी छन् ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जेनजी अभियन्ता मोनिका निरौलाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्‌बाट बीचमै उठेर हिँड्नुलाई जनता र मिडियाको ध्यान मुख्य मुद्दाबाट मोड्ने “क्याल्कुलेटेड मुभ” भएको टिप्पणी गरेकी छन् । उनले यो कदम सुनियोजित रणनीति भएको दाबी गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।

निरौलाका अनुसार, सो समयमा प्रतिपक्ष दलहरूले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई राज्यले बल प्रयोग गरी विस्थापित गरेको विषयमा सरकारमाथि गम्भीर प्रश्न उठाइरहेका थिए । तर प्रधानमन्त्रीको संसद् छाड्ने निर्णयले मूल मुद्दा ओझेलमा परेको उनको भनाइ छ ।

उनले राज्यले करिब २० हजार नागरिकलाई विस्थापित गरेको दाबी गर्दै उनीहरूको पुनर्स्थापनाको योजना, दर्ता प्रक्रिया, तथा विस्थापितहरूको अवस्था अझै स्पष्ट नभएको बताएकी छन् । साथै, विस्थापित नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा अवस्थाबारे गम्भीर बहस हुनुपर्नेमा उनले जोड दिएकी छन् ।

यो समाचारमा

काठमाडौँबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...