
मुगु। विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाडौँ केन्द्रित भएपछि हिमाली जिल्ला मुगुमा रहेको सामूदायिक विद्यालयहरुको पढाइ तथा भर्नामा प्रभावित भएको छ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० तत्काल पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरू ०८१ को चैत २० गतेदेखि काठमाडौंमा आन्दोलन गरिरहेका...