दुर्गा प्रसाईंविरूद्ध अदालतमा मुद्दा दर्ता

Author

सजिलो पत्रिका

२०८३ जेठ ११, सोमबार

24
Share
Featured
  • थुनामा रहेका दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।
  • उनीविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दायर गरिएको हो।
  • प्रहरी अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले औपचारिक रूपमा मुद्दा अघि बढाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईविरूद्ध पर्सा अदालतमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय पर्साले सोमबार प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ र राज्यविरूद्धको कसुरमा मुद्दा दायर गरेको हो।

प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएलगत्तै उनीमाथि यी दुई गम्भीर कसुरमा मुद्दा चलाइएको हो। प्रसाईंलाई गत जेठ ४ गते पर्साको वीरगन्जस्थित दियालो होटलबाट प्रहरीले पक्राउ गरेको थियो।

यसअघि जेठ ८ गते सर्वोच्च अदालतका न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले प्रसाईंलाई हिरासतमा राख्न थप म्याद नलिन प्रहरीका नाममा आदेश दिएको थियो। यद्यपि, प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले आज औपचारिक रूपमा अदालतमा मुद्दा दर्ता गराएको छ।

यो समाचारमा

दुर्गा प्रसाद प्रसाईसर्वोच्च अदालतपर्साकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...