
काठमाडौँनेपाली कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजन समितिको बैठक चौथो दिन पनि जारी रहेको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबारदेखि सुरु भएको बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको चुनावी समीक्षा प्रतिवेदनमाथि छलफल भइरहेको हो।बैठकमा नेताहरूले चुनावी हारको समीक्षा, पार्टी पुनर्गठन तथा रूपान्तरण र आगामी कार्यभारका विषयमा आ–आफ्नो धारणा राखिरहेका छन्।...