
काठमाडौँमुलुकभर चुनावी रौनक छाइरहेका बेला कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ स्थित बादी बस्ती सुनसान छ । निर्वाचनको मिति नजिकिँदा दल तथा उम्मेदवार मतदाता रिझाउन व्यस्त छन् । तर गरिबी, अशिक्षा, बेरोजगारी जस्ता समस्याले आक्रान्त बडुवाल टोलस्थित सीमान्तकृत समुदायमा न राज्यको प्राथमिकतामा पर्यो, न त दल र उमेदवारका । झन्डै तीन दशकदेखि बसोबास...