तातोपानी नाकाको सडक अवरुद्ध हुँदा १५० कन्टेनर अलपत्र

Author

सजिलो पत्रिका

२०८३ साउन १०, आइतबार

8
Share1
Featured
  • तातोपानी नाका जोड्ने सडक अवरुद्ध हुँदा १५० भन्दा बढी मालवाहक कन्टेनर अलपत्र परेका छन्।
  • सडक बन्द हुँदा फलफूल व्यवसायी र राजस्व संकलनमा ठूलो असर परेको भन्दै उद्योग वाणिज्य संघले सरकारको ध्यानाकर्षण गराएको छ।
  • इको पहिरोका कारण ३ घर पूर्ण क्षति र ७० घर जोखिममा परेका छन् भने सडक मर्मतको काम अझै अघि बढ्न सकेको छैन।
समाचार सारांशGenerated using AI.

काठमाडौं । वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने तातोपानी नाका जोड्ने सडक अवरुद्ध भएको विषयमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ मा पर्ने 'इको पहिरो'का कारण असार ३१ गतेदेखि सडक भासिएपछि आवतजावत पूर्ण रूपमा ठप्प भएको हो।

सडक अवरुद्ध हुँदा राजधानीतर्फ आउँदै गरेका १५० भन्दा बढी मालबहाक कन्टेनरहरू बाटोमै अलपत्र परेका छन्। विशेषगरी फलफूल लोड गरिएका कन्टेनरहरू लामो समय जाममा पर्दा व्यवसायीहरू ठूलो आर्थिक नोक्सानी व्यहोर्न बाध्य भएका छन्। संघका अध्यक्ष बुद्धराज बस्नेतले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दैनिक लाखौँ राजस्व संकलन गर्ने नाकाको सडक खुलाउन सरकारले कुनै पहल नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ।

पहिरोका कारण ३ घर पूर्ण रूपमा क्षति भएका छन् भने ७० घरहरू उच्च जोखिममा रहेका छन्। सडक मर्मतका लागि गत वर्ष ५० करोड ५२ लाखमा ठेक्का लागे पनि काम अघि नबढेको र चिनियाँ पक्षले बनाइदिने आश्वासन मात्र पाएको विज्ञप्तिमा उल्लेख छ। विगतमा निजी क्षेत्रकै पहलमा सडक खुलाउने गरिए पनि यसपटक सरकारको उदासीनताले राजस्व लक्ष्य र व्यवसायीको हितमा गम्भीर असर परेको संघको ठहर छ।

यो समाचारमा

भोटेकोशी गाउँपालिकासिन्धुपाल्चोक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ढलमाथि नै भवन र कंक्रिटको सहर, माइतीघर डुबानका यस्ता छन् मुख्य कारण

    काठमाडौं । काठमाडौँको माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा हुने डुबानको मुख्य कारण इन्जिनियरिङ त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको तथ्य खुलेको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको निर्देशनमा गठित प्राविधिक टोलीले स्थलगत अध्ययनपछि यस्तो प्रतिवेदन पेश गरेको हो।प्रतिवेदनका अनुसार माइतीघरको ढल निकास प्रणालीमा गम्भीर प्राविधिक

    Data is loading...

    Loading brands...

    Loading footer...