भोटेकोसीमा बेपत्ता चालकको खोजी जारी, गृहमन्त्री घटनास्थलमा

Author

सजिलो पत्रिका

२०८३ साउन १०, आइतबार

24
Share1
Featured
  • भोटेकोसी नदीमा खसेको विद्युतीय गाडीका चालक २२ वर्षीय सविन तामाङको खोजी जारी छ।
  • गृहमन्त्री सुधन गुरुङ घटनास्थल पुगेर खोजीमा खटिएका सुरक्षाकर्मीलाई हौसला दिएका छन्।
  • १० ड्रोन र गोताखोर टोली परिचालन गरिए पनि नदीको गहिराइ, धमिलो पानी र चट्टानका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं ।  शनिबार साँझ भोटेकोसी नदीमा खसेको विद्युतीय सवारीसाधन र त्यसका चालक २२ वर्षीय सविन तामाङको खोजी कार्यलाई सुरक्षा निकायले तीव्रता दिएका छन्। खोजीमा खटिएका सुरक्षाकर्मीलाई हौसला दिन गृहमन्त्री सुधन गुरुङ आज घटनास्थल पुग्नुभएको छ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार, बेपत्ता चालकको खोजीका लागि १० वटा ड्रोन र तीनवटै सुरक्षा निकायका गोताखोर टोली परिचालन गरिएको छ। यद्यपि, नदीको गहिरो खोँच, धमिलो पानी र विशाल चट्टानका कारण खोजी तथा उद्धार कार्यमा निकै चुनौती देखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। कालिका गाउँपालिका–३ का तामाङ शनिबारदेखि नदीमा बेपत्ता छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ढलमाथि नै भवन र कंक्रिटको सहर, माइतीघर डुबानका यस्ता छन् मुख्य कारण

    काठमाडौं । काठमाडौँको माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा हुने डुबानको मुख्य कारण इन्जिनियरिङ त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको तथ्य खुलेको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको निर्देशनमा गठित प्राविधिक टोलीले स्थलगत अध्ययनपछि यस्तो प्रतिवेदन पेश गरेको हो।प्रतिवेदनका अनुसार माइतीघरको ढल निकास प्रणालीमा गम्भीर प्राविधिक

    Data is loading...

    Loading brands...

    Loading footer...