मोबाइल नदिएको निहुँमा बागलुङमा १७ वर्षीय किशोरको हत्या, ४ साथी पक्राउ

Author

सजिलो पत्रिका

२०८३ साउन १०, आइतबार

12
Share1
Featured
  • बागलुङमा मोबाइल नदिएको विवादमा १७ वर्षीय लजिन थापाको हत्या भएको खुलेको छ।
  • घटनामा संलग्न चार जना साथी पक्राउ परेका छन्, जसले कुटपिटपछि शव खोलामा लुकाएको प्रहरीको भनाइ छ।
  • प्रहरीले ड्रोन र तालिमप्राप्त कुकुरको सहयोगमा शव फेला पारी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको उनकै साथीहरूले मोबाइल नदिएको निहुँमा कुटपिट गरी हत्या गरेको खुलेको छ। साउन १ गते साथी असिम वनको जन्मदिन मनाउन गएका थापाको शव १० दिनपछि स्थानीय मनखोलामा फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई नियन्त्रणमा लिइएको छ। जन्मदिन मनाउने क्रममा मदिरा सेवन गरेका उनीहरूबीच लजिनको 'आइफोन' माग्ने विषयमा विवाद भएको थियो। लजिनले मोबाइल दिन अस्वीकार गरेपछि रेमबहादुर र ददीले उनलाई एकान्तमा पछ्याउँदै लगेर कुटपिट गरी हत्या गरेका थिए।

हत्यापछि उनीहरूले शवलाई घटनास्थलबाट झण्डै आधा घण्टा टाढाको दूरीमा रहेको खोलामा लुकाएका थिए। लजिन बेपत्ता भएपछि प्रहरीले तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराको सहयोगमा खोजतलास गर्दा शव फेला परेको हो। काठमाडौंको साइपल कलेजमा कक्षा ११ मा अध्ययनरत लजिन केही समयअघि मात्रै घर आएका थिए। पक्राउ परेकाहरूमाथि व्यक्ति बेपत्ता पारेको र हत्याको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ढलमाथि नै भवन र कंक्रिटको सहर, माइतीघर डुबानका यस्ता छन् मुख्य कारण

    काठमाडौं । काठमाडौँको माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा हुने डुबानको मुख्य कारण इन्जिनियरिङ त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको तथ्य खुलेको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको निर्देशनमा गठित प्राविधिक टोलीले स्थलगत अध्ययनपछि यस्तो प्रतिवेदन पेश गरेको हो।प्रतिवेदनका अनुसार माइतीघरको ढल निकास प्रणालीमा गम्भीर प्राविधिक

    Data is loading...

    Loading brands...

    Loading footer...