८ लाख २१ हजार घुससहित सर्लाहीका सिँचाइ डिभिजन प्रमुख र अधिकृत पक्राउ

Author

सजिलो पत्रिका

२०८३ साउन ०९, शनिबार

26
Share1
Featured
  • सर्लाहीको सिँचाइ विकास डिभिजनका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
  • उनीहरूले भुक्तानी गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारले सरकारी क्वाटरबाट नियन्त्रणमा लिएको हो।
  • खानतलासीका क्रममा स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ समेत बरामद भएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ  । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले शुक्रबार साँझ बागमती नगरपालिका–१२ स्थित डिभिजन प्रमुखको सरकारी क्वाटरमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार, विभिन्न जल उपभोक्ता समितिको बोरिङ तथा मोटर जडान कार्य सम्पन्न भएपछि भुक्तानी दिने बहानामा उनीहरूले सेवाग्राहीसँग घुस मागेका थिए। मेकानिकल अधिकृत चौधरीले डिभिजन प्रमुख ढकालको निर्देशनमा ७ लाख ५० हजार रुपैयाँ बुझेर क्वाटरमा पुर्‍याएका थिए, जुन रकम ढकाल बसिरहेको सोफामै फेला परेको थियो।

खानतलासीका क्रममा स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ पनि बरामद भएको अख्तियारका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको आयोगले जनाएको छ।

यो समाचारमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसर्लाही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पोखरामा विदेश भ्रमणको प्रलोभन देखाएर ठगी गर्ने भारतीयसहित दुई पक्राउ

    काठमाडौँ  । कास्की प्रहरीले पोखरामा अनलाइनमार्फत ठगी गरेको आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीका २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटकका ३० वर्षीय मोहम्मद यासिर रहेका छन्।प्रहरीका अनुसार उनीहरूले पोखरा-५ प्रस्याङमा घर भाडामा लिएर 'ओएसिस टुरिजम इन्टरनेसनल' नामक संस्था सञ्चालन गरी ठगी धन्दा चलाइरहेका

    Data is loading...

    Loading brands...

    Loading footer...