झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन

Author

सजिलो पत्रिका

२०८३ साउन ०८, शुक्रबार

10
Share1
Featured
  • झापामा आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ६१ हजार ४३३ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ।
  • खेतीयोग्य जमिन घटेसँगै खाद्यान्न उत्पादन करिब ९० हजार ७७५ मेट्रिक टनले कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
  • एक वर्षमै खाद्यान्न खेती हुने क्षेत्रफल १४ हजार ९४० हेक्टरले घटेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । झापामा गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ६१ हजार ४३३ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ । पछिल्ला वर्षमा खेतीयोग्य जग्गाको क्षेत्रफलसँगै खाद्यान्न उत्पादन लगातार घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गत आवमा वर्षे, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ गरी ७ प्रकारका खाद्यान्न बाली उत्पादन भएका हुन् ।

उक्त अवधिमा चैते धान ८९ हजार ६५५ दशमलव ३०, वर्षे धान तीन लाख ७७ हजार ५३४ दशमलव ३५, मकै दुई लाख ८३ हजार १८७ दशमलव ८८, कोदो ८६९ दशमलव ४७, फापर तीन हजार ७५८ दशमलव ७०, गहुँ छ हजार ४१९ र जौ ८ दशमलव १० मेट्रिक टन उत्पादन भएको थियो ।

आव २०८२/८३ मा एक लाख ३० हजार ३८६ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । अघिल्लो आव २०८१/८२ मा एक लाख ४५ हजार ३२६ दशमलव ०६ हेक्टरमा खेती गरी आठ लाख ५२ हजार २०८ दशमलव २५ मेट्रिक टन खाद्यान्न उत्पादन भएको हो ।

एक वर्षको अवधिमा खाद्यान्न खेती हुने क्षेत्रफल १४ हजार ९४० हेक्टरले घटेको छ भने उत्पादन करिब ९० हजार ७७५ मेट्रिक टनले कमी आएको छ ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ पुस्तालाई सामाजिक सञ्जालको 'अफिम' खुवाएर लठ्ठ पारियो- प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेपाल (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिस्ट आन्दोलन कमजोर भएको स्वीकार गरेका छन्। शुक्रबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै प्रचण्डले कम्युनिस्ट शक्तिहरू सरकार गठन र सत्ता समीकरणको रणनीतिमा मात्र अल्मलिँदा ठूलो गल्ती भएको

    Data is loading...

    Loading brands...

    Loading footer...