देश गम्भीर संकटमा छ, नयाँ शक्ति पनि टिक्नेवाला छैनन्- सभापति जयन्ती राई

Author

सजिलो पत्रिका

२०८३ साउन ०८, शुक्रबार

46
Share1
Featured
  • सभापति जयन्ती राईले देश गम्भीर संकटमा रहेको र जनअधिकार कमजोर बन्दै गएको बताएकी छन्।
  • उनले पुराना र नयाँ दुवै राजनीतिक शक्तिप्रति जनताको असन्तुष्टि बढेको टिप्पणी गरेकी छन्।
  • जनअधिकारको रक्षा र मुलुकको भविष्यका लागि सबैले गम्भीर भएर सोच्नुपर्ने आवश्यकता औँल्याएकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सभापति जयन्ती देवी राईले मुलुक गम्भीर संकटमा रहेको र जनअधिकारहरू कमजोर बन्दै गएको बताएकी छन्। ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरेकी हुन्।

सभापति राईले नेपाली राजनीतिको इतिहास स्मरण गर्दै जनताले सधैँ विकल्प खोज्ने गरेको बताइन्। उनले २००७ सालमा कांग्रेस, २०४६ पछि कम्युनिष्ट र २०६२/६३ पछि प्रचण्ड नेतृत्वको क्रान्तिकारी शक्तिलाई जनताले रोजेको उल्लेख गरिन्।

अहिलेको सन्दर्भमा बोल्दै उनले पुराना र नयाँ दुवै शक्तिप्रति जनताको असन्तुष्टि रहेको टिप्पणी गरिन्। "पुराना पार्टीले ३५ वर्ष त चलाए, तर नयाँ पार्टी १०० दिनमै बहुत दुःखपूर्ण देखिएका छन्," उनले भनिन्, "जनताले एजेण्डाका नाममा नयाँलाई रोजे पनि ती टिक्नेवाला छैनन्।" उनले जनअधिकार रक्षाका लागि सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएकोमा जोड दिइन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ पुस्तालाई सामाजिक सञ्जालको 'अफिम' खुवाएर लठ्ठ पारियो- प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेपाल (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिस्ट आन्दोलन कमजोर भएको स्वीकार गरेका छन्। शुक्रबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै प्रचण्डले कम्युनिस्ट शक्तिहरू सरकार गठन र सत्ता समीकरणको रणनीतिमा मात्र अल्मलिँदा ठूलो गल्ती भएको

    Data is loading...

    Loading brands...

    Loading footer...