शिक्षामन्त्रीको राजीनामा माग्दै भारतमा चर्कियो युवा आन्दोलन, आज सरकारसँग वार्ता हुँदै

Author

सजिलो पत्रिका

२०८३ साउन ०८, शुक्रबार

8
Share1
Featured
  • भारतमा परीक्षा अनियमितताविरुद्ध आन्दोलनरत युवा समूह र सरकारबीच आज औपचारिक वार्ता हुँदैछ।
  • आन्दोलनकारीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र शिक्षा प्रणालीमा सुधारको माग गरेका छन्।
  • सरकारले दोषीमाथि कडा कारबाही र नयाँ विधेयक ल्याउने प्रतिबद्धता जनाएको भए पनि आन्दोलन जारी रहने चेतावनी दिइएको छ।
समाचार सारांशGenerated using AI.
काठमाडौं । भारतमा परीक्षा प्रणालीमा देखिएको अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलनरत युवा समूह र सरकारबीच आज (शुक्रबार) औपचारिक वार्ता हुँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले दोषीमाथि कडा कानुनी कारबाही गर्ने र संसद्मा नयाँ विधेयक ल्याउने प्रतिबद्धता जनाएपछि आन्दोलनकारी र सरकारबीच संवादको वातावरण बनेको हो।

'कक्रोच जनता पार्टी' (सिजेपी) को नेतृत्वमा भइरहेको यो आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई मुख्य माग बनाएको छ। सिजेपीका प्रवक्ता सौरभ दासले वार्तामा आफ्ना मागहरू गम्भीरताका साथ प्रस्तुत गरिने बताएका छन्। यसैबीच, आन्दोलनको समर्थनमा २६ दिनदेखि अनशनरत सामाजिक अभियन्ता सोनम वाङचुकले सरकारले शिक्षा प्रणालीमा सुधार र जवाफदेहिता सुनिश्चित गर्ने आश्वासन दिएपछि बिहीबार राति अनशन तोडेका छन्।

गत सोमबार नयाँदिल्लीमा भएको विशाल प्रदर्शनपछि सरकार दबाबमा परेको थियो। सिजेपीका संस्थापक अभिजीत डिप्केले वाङचुकको अनशन अन्त्यको स्वागत गरे पनि शिक्षामन्त्रीले राजीनामा नदिएसम्म सडक आन्दोलन जारी रहने स्पष्ट पारेका छन्। सन् २०२४ मा तेस्रो कार्यकाल सुरु गरेपछि प्रधानमन्त्री मोदीले सामना गरिरहेको यो सबैभन्दा ठूलो राजनीतिक चुनौती मानिएको छ।

यो समाचारमा

भारतनरेन्द्र  मोदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ११ सय ५१ सवारी चालक कारबाहीमा

    काठमाडौँ  । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १५१ वटा सवारी साधन र चालकलाई कारबाही गरेको छ। साउन ९ गते बिहान ६ बजेसम्मको विवरणअनुसार विभिन्न ट्राफिक कसुरमा उनीहरूमाथि कारबाही गरिएको हो।प्रहरीका अनुसार कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा धेरै ७३७ जना विविध ट्राफिक कसुरमा रहेका

    Data is loading...

    Loading brands...

    Loading footer...