शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चार जना पक्राउ

Author

सजिलो पत्रिका

२०८३ साउन ०८, शुक्रबार

14
Share1
Featured
  • झापाको भद्रपुरमा शिशुको डाइपरभित्र लुकाइएको झन्डै १० ग्राम खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन्।
  • भारतबाट नेपाल आउँदै गरेको अटो जाँच गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
  • प्रहरीले अटो र लागुऔषधसहित चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । झापाको भद्रपुरमा शिशुले लगाएको डाइपरभित्र लुकाएर लागुऔषध तस्करी गरिरहेको अवस्थामा चार जना पक्राउ परेका छन्। बिहीबार साँझ भद्रपुर नगरपालिका-५ स्थित बसपार्क क्षेत्रबाट प्रहरीले झन्डै १० ग्राम खैरो हेरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा भारतको किशनगञ्जका मोहित आलम, उनकी श्रीमती जेनेतुन खातुन, छोरा सोहेल आलम र सोही अटोमा सवार मोहम्मद तजरुल रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ह ५०११ नम्बरको अटोलाई शंका लागेर जाँच गर्दा शिशुको डाइपरभित्र लुकाइएको अवस्थामा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले अटो र लागुऔषधसहित चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। लागुऔषध ओसारपसारमा परिवार र शिशुको समेत प्रयोग गरिएको यो घटनाले सुरक्षाकर्मीलाई समेत अचम्मित तुल्याएको छ।

यो समाचारमा

झापाभद्रपुर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ पुस्तालाई सामाजिक सञ्जालको 'अफिम' खुवाएर लठ्ठ पारियो- प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेपाल (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिस्ट आन्दोलन कमजोर भएको स्वीकार गरेका छन्। शुक्रबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै प्रचण्डले कम्युनिस्ट शक्तिहरू सरकार गठन र सत्ता समीकरणको रणनीतिमा मात्र अल्मलिँदा ठूलो गल्ती भएको

    Data is loading...

    Loading brands...

    Loading footer...