हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक

Author

सजिलो पत्रिका

२०८३ साउन ०८, शुक्रबार

12
Share1
Featured
  • हेटौँडा सहिद स्मारकमा आर्थिक वर्ष २०८२/८३ मा स्वदेशी तथा विदेशी गरी ५ लाखभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्।
  • स्मारक हरेक दिन बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म खुला रहने तथा नेपालीका लागि प्रवेश शुल्क रु ५० तोकिएको छ।
  • स्मारक परिसरमा सहिद स्मृति स्तम्भ, चिडियाघर, बालउद्यान, पौडी पोखरी, वनभोज स्थल लगायत विभिन्न पर्यटकीय आकर्षण रहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौं । हेटौँडा सहिद स्मारकमा गत आर्थिक वर्ष २०८२/८३ मा पाँच लाखभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । स्मारकमा स्वदेशी एवं विदेशी गरी पाँच लाख पर्यटकले भ्रमण गरेको व्यवस्थापक रामचन्द्र न्यौपानेले जानकारी दिए ।

हरेक दिन बिहान ६ः०० बजेदेखि बेलुका ९ः०० बजेसम्म खुल्ने स्मारकमा नेपाली सर्वसाधारणका लागि रु ५०, विद्यार्थीका लागि रु ३०, सार्क राष्ट्रका नागरिकका लागि रु १०० अन्य विदेशी राष्ट्रका नागरिकका लागि रु १५० प्रवेश शुल्क निर्धारण गरिएको उनले बताए । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ साल माघ १७ गते यस स्मारकको अनावरण गरेका थिए । 

देशका विभिन्न सङ्घर्षमा सहदत प्राप्त १२ जना सहिदहरुको स्मारक निर्माण गरी सुरु गरिएको यो स्मारकमा सहिद स्मृति स्तम्भ, सहिद ग्यालरी, मदन स्मारक (मदन बाटिका), प्रजातान्त्रिक पार्क, थाहा स्तम्भ, पर्यटक सूचना केन्द्र, चिडिया घर, फोहरासहितको पार्क, बालउद्यान, देवी मन्दिर, विवाह मण्डप, नर्सरी (ग्रिन हाउस), पौडी पोखरी, वनभोज स्थल आदि रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ पुस्तालाई सामाजिक सञ्जालको 'अफिम' खुवाएर लठ्ठ पारियो- प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेपाल (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिस्ट आन्दोलन कमजोर भएको स्वीकार गरेका छन्। शुक्रबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै प्रचण्डले कम्युनिस्ट शक्तिहरू सरकार गठन र सत्ता समीकरणको रणनीतिमा मात्र अल्मलिँदा ठूलो गल्ती भएको

    Data is loading...

    Loading brands...

    Loading footer...