काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार केही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको
भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी
प्रदेशको पहाडी र तराई भू-भाग तथा मधेस प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार हाल
देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
विभागका बाढीविद्
विनोद पराजुलीले आज इलाम, झापा,
तेह्रथुम, पाँचथर, धनकुटा,
सप्तरी, सुनसरी, मोरङ,
डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने स-साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिमको सम्भावना रहेको
बताए ।
विभागका अनुसार गएको
२४ घण्टामा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । सबैभन्दा धेरै
वर्षा कास्कीको याङ्जाकोटमा ९८.६
मिमी मापन गरिएको विभागले जनाएको छ ।