आँसु झार्दै मैदानबाट बाहिरिए ३४ वर्षीय नेयमार, भने– 'मैले धेरै प्रयास गरेँ, अब यो समाप्त भयो'

Author

सजिलो पत्रिका

२०८३ असार २२, सोमबार

10
Share
Featured

एजेन्सी ।फिफा विश्वकपको अन्तिम १६ मा नर्वेसँग २-१ ले पराजित हुँदै ब्राजिलप्रतियोगिताबाट बाहिरिएपछि स्टार फरवार्ड नेयमारले आफ्नो अन्तर्राष्ट्रिय फुटबल यात्रा समाप्त भएको संकेत गरेका छन् । खेलपछि भावुक देखिएका उहान अब ब्राजिलको राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंगिएको संकेत दिएका हुन् ।

मेटलाइफ स्टेडियममा दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका ३४ वर्षीय नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । तर नर्वेका अर्लिङ हालान्डको दुई गोलले ब्राजिलको पुनरागमन सम्भव हुन सकेन ।

खेलपछि ब्राजिलको ग्लोबो एस्पोर्टेसँग कुरा गर्दै नेयमारले भने, ‘मैले धेरै प्रयास गरेँ । अब यो समाप्त भयो । मेरो यात्रा यहीँबाट सुरु भएको थियो र यहीँ अन्त्य भयो । अन्तिम सिटी बज्नासाथ उनी भावुक हुँदै आँसुमा डुब्नुभएको थियो भने टोलीका खेलाडीहरूले उनलाई सान्त्वना दिएका थिए ।

ब्राजिलका सर्वाधिक गोलकर्ता नेयमारले सन् २०१० मा यही मेटलाइफ स्टेडियममा अमेरिकाविरुद्ध २-० को जितमा राष्ट्रिय टोलीका लागि पहिलो गोल गरेका थिए । त्यसै मैदानमा सम्भावित अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नु उनका लागि विशेष संयोग बनेको छ ।

पछिल्ला केही वर्ष चोटपटकका कारण लगातार समस्यामा परेका पूर्व बार्सिलोना र पेरिस सेन्ट-जर्मेनका खेलाडी हाल आफ्नो पुरानो क्लब सान्तोसबाट खेलिरहेका छन् । चोटकै कारण उनले विश्वकपका सुरुआती दुई समूह खेल गुमाएका थिए । त्यसपछि स्कटल्यान्डविरुद्धको खेलमा मैदान फर्किएका उनको प्रतियोगितामा दोस्रो तथा सम्भावित अन्तिम उपस्थिति नर्वेविरुद्ध रह्यो । अक्टोबर २०२३ यता यो उनको पहिलो अन्तर्राष्ट्रिय पुनरागमन पनि थियो ।

 

यो समाचारमा

फिफा विश्वकपनर्वेब्राजिल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    काठमाडौँ।कुमारी बैंक लिमिटेडले बाजुराको गौमूल गाउँपालिकाका ६ वटा सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले स्मार्ट टेलिभिजन उपलब्ध गराएको जनाएको छ ।बैंकको गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ग्रामीण तथा दुर्गम भेगका विद्यालयमा सूचना तथा सञ्चार प्रविधिमा

    Data is loading...

    Loading brands...

    Loading footer...