१५ दिने सूचना सकिँदा पनि जग्गा खाली नभएपछि कोशी अस्पताल पुगे दुई मन्त्री, अब प्रशासनले हटाउने

Author

सजिलो पत्रिका

२०८३ असार २२, सोमबार ११:४७

17
Share
Featured

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी जग्गा अतिक्रमणमुक्त गराउने अभियानलाई तीव्रता दिन आइतबार साँझ गृहमन्त्री सुधन गुरुङसँग संयुक्त रूपमा अस्पतालको स्थलगत निरीक्षण गरेकी छन् ।

शनिबार अस्पतालको नियमित अनुगमनका क्रममा मन्त्री मेहताले अस्पताल परिसरभित्र रहेका अतिक्रमित संरचना तत्काल हटाउन निर्देशन दिएकी थिइन् । त्यसको निरन्तरतास्वरूप आइतबार गृहमन्त्रीसहित पुनः अस्पताल पुगेर उनले अतिक्रमित संरचनाको अवस्थाबारे स्थलगत निरीक्षण गरेकी हुन् ।

निरीक्षणपछि आयोजित छलफलमा अस्पतालको सरकारी तथा सार्वजनिक जग्गामा बनेका अवैध संरचना तत्काल हटाउने निर्णय गरिएको छ। गृहमन्त्री गुरुङले सम्बन्धित निकायलाई कानुनअनुसार अतिक्रमित संरचना खाली गराउन निर्देशन दिँदै स्थानीय प्रशासन र सुरक्षा निकायलाई आवश्यक समन्वयका साथ परिचालन गरिने बताइन्।

स्वास्थ्यमन्त्री मेहताले अस्पताल प्रशासनले गत असार ५ गते जारी गरेको १५ दिने सूचना सकिँदासमेत संरचना खाली नगरिनु दुःखद् भएको उल्लेख गर्दै अबको एक साताभित्र अस्पताल परिसर अतिक्रमणमुक्त गराइने बताइन्।

उनले सरकारी अस्पतालको सम्पत्ति संरक्षण गर्नु स्वास्थ्य सेवा सुधारको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै अस्पतालको सम्पूर्ण पूर्वाधार बिरामीको सेवाका लागि उपयोग हुनुपर्नेमा जोड दिइन्।

कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा नेपाल रेडक्रस सोसाइटी,नेपाल क्षयरोग निवारण संस्था,गणेश मन्दिर समिति तथा देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी केही भाग व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ।

यसअघि शनिबार मन्त्री मेहताले कोशी अस्पतालको विस्तृत अनुगमन गर्दै अस्पताल परिसरमै विशेषीकृत आँखा अस्पताल स्थापना गर्ने तयारीबारे प्रारम्भिक छलफल गरेकी थिइन् ।

साथै आकस्मिक कक्ष,वार्ड,प्रयोगशाला,फार्मेसी तथा निर्माणाधीन संरचनाको निरीक्षण गरी सरसफाइ,पूर्वाधार व्यवस्थापन,निर्माण कार्य समयमै सम्पन्न गर्न तथा अतिक्रमित संरचना हटाउने प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउन अस्पताल प्रशासनलाई निर्देशन दिएकी थिइन्।

यो समाचारमा

कोशी अस्पतालकोशी अस्पताल

ट्यागहरू

#गृहमन्त्री सुधन गुरुङ#कोशी अस्पताल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू