तराईमा तातो हावाको लहर चल्ने, उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह

Author

सजिलो पत्रिका

२०८३ असार १०, बुधबार

6
Share
Featured
  • मौसम विभागले आगामी तीन दिन सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा तातो हावा (लू) चल्ने चेतावनी दिएको छ।
  • नेपालगञ्ज र भैरहवामा तापक्रम ४१°C तथा धनगढीमा ४०°C सम्म पुग्न सक्ने अनुमान गरिएको छ।
  • विभागले अत्यावश्यक कामबाहेक दिउँसो बाहिर ननिस्कन, पर्याप्त पानी पिउन र स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको भन्दै जल तथा मौसम विज्ञान विभागले तातो हावा (लू) बाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ। विभागका अनुसार आगामी तीन दिनसम्म सुदूरपश्चिम प्रदेशलुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने सम्भावना छ।

विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालगञ्ज र भैरहवाको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस तथा धनगढीको ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने जानकारी दिइन्। बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ।

बढ्दो गर्मी र तातो हावाका कारण स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले अत्यावश्यक कामबाहेक दिउँसो घरबाहिर ननिस्कन, पर्याप्त पानी पिउन र विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। वीरेन्द्रनगर र घोराही लगायतका क्षेत्रमा पनि तापक्रम बढ्ने देखिएको छ।

यो समाचारमा

जल तथा मौसम विज्ञान विभागकाठमाडौँसुदूरपश्चिम प्रदेशलुम्बिनी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    एमएडब्लुले ल्यायो बालकुमारीमा अत्याधुनिक इभी वर्कसप सञ्चालनमा

    काठमाडौँ।नेपालका लागि दिपल, नामी र सेरेस इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धिले ललितपुरको बालकुमारीमा नयाँ अत्याधुनिक इभी वर्कसप सञ्चालनमा ल्याएको छ। एमएडब्लु ग्रुपकी अध्यक्ष शान्ति देवी अग्रवाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया र डोङफेङ मोटर्सका प्रतिनिधिहरूले संयुक्त रूपमा वर्कसपको उद्घाटन गरेका हुन्।१५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको

    Data is loading...

    Loading brands...

    Loading footer...