महाधिवेशन नसकिँदै काठमाडौँ फर्किए प्रधानमन्त्री बालेन

Author

सजिलो पत्रिका

२०८३ असार १०, बुधबार

7
Share
Featured
  • प्रधानमन्त्री बालेन शाह रास्वपाको महाधिवेशन नसकिँदै काठमाडौं फर्किएका छन्।
  • पार्टी विधानमा उनलाई वरिष्ठ नेताका रूपमा कायम राख्ने वैधानिक व्यवस्था सुनिश्चित भएको छ।
  • वरिष्ठ नेता पद सुरक्षित भएपछि उनी मतदान प्रक्रियामा सहभागी नभई राजधानी फर्किएका हुन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन नसकिँदै काठमाडौँ फर्किएका छन्। पार्टीको विधानमा उनलाई वरिष्ठ नेताका रूपमा कायम राख्ने वैधानिक व्यवस्था सुनिश्चित भएपछि उनी मतदान प्रक्रियामा सहभागी हुनु नपर्ने भएको हो।

वरिष्ठ नेता पदमा शाहलाई यथावत राख्ने वैधानिक बाटो खुलेपछि उनी चुनावी प्रतिस्पर्धामा उत्रिनु नपर्ने भएको छ। सोही सुनिश्चिततापछि प्रधानमन्त्री शाह महाधिवेशनको बाँकी कार्यक्रम र मतदान प्रक्रिया नसकिँदै राजधानी फर्किएका हुन्। यसअघि उनी महाधिवेशनका लागि विशेष सक्रिय रहेका थिए।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपाको पहिलो महाधिवेशन: नयाँ नेतृत्व, पुराना चुनौती र भविष्यको राजनीतिक परीक्षा

    काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्दा यो केवल एउटा आन्तरिक संगठनात्मक कार्यक्रम मात्र रहेन। छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्ति बनेको दलका लागि यो महाधिवेशन संगठन निर्माण, नेतृत्वको वैधानिकता, वैचारिक दिशा र आगामी राजनीतिक रणनीति तय गर्ने निर्णायक

    Data is loading...

    Loading brands...

    Loading footer...