रास्वपा केन्द्रीय सदस्यका लागि प्रधानमन्त्रीको सचिवालयबाट तीन जनाको दाबेदारी

Author

सजिलो पत्रिका

२०८३ असार १०, बुधबार

15
Share
Featured
  • प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहले रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
  • सुदीप ढकाल र प्रकृति ढकालले पनि केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।
  • रास्वपाको केन्द्रीय सदस्य चयनका लागि आजै मतदान प्रक्रिया सुरु हुँदैछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख राजनीतिक सल्लाहकार असीम शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। आज दिउँसोदेखि सुरु हुने मतदानका लागि उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

शाहले पार्टीभित्र कुनै गुट वा उपगुट नरहेको सन्देश दिन र पार्टीलाई संस्थागत रूपमा बलियो बनाउन आफू चुनावी मैदानमा उत्रिएको बताएका छन्। असिम शाहसँगै प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकालले पनि केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन्। रास्वपाको केन्द्रीय सदस्य चयनका लागि आजै मतदान प्रक्रिया सुरु हुने कार्यक्रम छ।

यो समाचारमा

असीम शाहकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...