विवाद सुल्झिएपछि रास्वपाको बन्दसत्र सुरु

Author

सजिलो पत्रिका

२०८३ असार ०९, मङ्गलबार

5
Share
Featured
  • प्रतिनिधि छनोटसम्बन्धी विवाद समाधान भएपछि रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र सुरु भएको छ।
  • बन्दसत्रमा पार्टी सभापति रवि लामिछाने सहभागी भएका छन्।
  • पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह भने बन्दसत्रमा अनुपस्थित रहेका छन्।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ। 

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनको बन्दसत्र सुरु भएको छ। आइतबार भव्य उद्घाटन भए पनि प्रतिनिधि छनोटमा देखिएको विवादका कारण बन्दसत्र समयमै सुरु हुन सकेको थिएन।

पार्टीभित्रको आन्तरिक विवाद समाधान भएपछि अहिले बन्दसत्रको प्रक्रिया अघि बढाइएको रास्वपाले जनाएको छ। बन्दसत्रमा पार्टी सभापति रवि लामिछाने सहभागी छन्। तर, पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने अहिलेसम्म बन्दसत्रमा उपस्थित भएका छैनन्। बन्दसत्रमा पार्टीको आगामी नीति, विधान र सांगठनिक प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम रहेको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीबालेन्द्र शाह (बालेन)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिएका छन् ।बन्द सत्र हल बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै केसीले प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना केन्द्रीय समिति सदस्य, सांसद तथा सचिवालय सदस्यको समर्थनमा लामिछाने निर्विरोध

    Data is loading...

    Loading brands...

    Loading footer...