विष्णु पौडेल पक्राउ परेपछि एमाले संसदीय दलको आकस्मिक बैठक सुरु

Author

सजिलो पत्रिका

२०८३ असार ०९, मङ्गलबार

4
Share
Featured
  • एमाले संसदीय दलको आकस्मिक बैठक पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न च्यासलमा सुरु भएको छ।
  • पार्टी अध्यक्ष केपी शर्मा ओली को उपस्थितिमा बैठक बसेर आगामी रणनीति तय गर्ने विषयमा छलफल भइरहेको छ।
  • एमालेले पौडेलको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै कडा विरोध गर्ने तयारी गरेको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको आकस्मिक बैठक मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेपछि उत्पन्न परिस्थितिको समीक्षा र आगामी रणनीति तय गर्न अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बैठक बसेको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई मंगलबार बिहान काठमाडौँ ल्याइएको छ। एमालेले यस पक्राउलाई सरकारले साँधेको 'राजनीतिक प्रतिशोध' को संज्ञा दिएको छ।

बैठकमा पौडेल पक्राउको राजनीतिक रूपमा कसरी प्रतिरोध गर्ने र पार्टीले अब कस्तो कदम चाल्ने भन्ने विषयमा गम्भीर छलफल भइरहेको नेताहरूले बताएका छन्। यसअघि एमाले नेताहरूले पौडेलको पक्राउलाई चुनावी समीक्षा र पार्टी पुनर्गठन अभियानलाई बिथोल्ने प्रयासका रूपमा चित्रण गर्दै यसको कडा विरोध गर्ने चेतावनी दिइसकेका छन्।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँसुर्खेतविष्णुप्रसाद पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लु पुष्टि

    काठमाडौं । चरा तथा पन्छीमा लाग्ने अतिसंक्रामक भाइरल रोग ‘बर्ड फ्लु’ हालसम्म ११ जिल्लाका ८२ स्थानमा देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार चैत ४ गते मोरङमा पहिलोपटक देखिएको बर्ड फ्लु हालसम्म ११ जिल्लामा फैलिएको हो ।झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर

    Data is loading...

    Loading brands...

    Loading footer...