एमाले उपाध्यक्ष विष्णु पौडेल काठमाडौं ल्याइयो, आजै म्याद थपका लागि अदालत लगिँदै

Author

सजिलो पत्रिका

२०८३ असार ०९, मङ्गलबार

15
Share
Featured
  • एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल लाई सुर्खेतबाट पक्राउपछि काठमाडौं ल्याइएको छ।
  • सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोपमा अनुसन्धान भइरहेका उनलाई आजै म्याद थपका लागि विशेष अदालतमा पेश गर्ने तयारी छ।
  • अनुसन्धानका क्रममा प्रहरीले उनको निवासबाट केही महत्त्वपूर्ण कागजातहरू समेत बरामद गरेको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सुर्खेतबाट पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई काठमाडौं ल्याइएको छ। सोमबार पार्टीको कार्यक्रममा सहभागी भइरहेका बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले उनलाई कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिएको थियो।

पक्राउपछि सोमबार राति नै सुर्खेतबाट हिँडाइएका पौडेललाई सार्वजनिक सवारीसाधनमार्फत आज मध्यान्न १२:१५ बजे विभागको कार्यालय पुर्‍याइएको हो। विभागले उनलाई आजै म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराउने तयारी गरेको छ।

अनुसन्धानका क्रममा प्रहरीले पौडेलको निवासबाट केही महत्त्वपूर्ण कागजातहरू समेत बरामद गरेको छ। पौडेल 'जेनजी आन्दोलन' अघिको केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थमन्त्री थिए। उनीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी गम्भीर आरोपमा अनुसन्धान भइरहेको छ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)विष्णुप्रसाद पौडेलसुर्खेतकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...