सडकमा गरी खान पाउनुपर्ने माग गर्दै दृष्टिविहीन नागरिक आन्दोलित

Author

सजिलो पत्रिका

२०८३ असार ०८, सोमबार

6
Share
Featured
  • काठमाडौं महानगरले सडकपेटी र सार्वजनिक स्थानमा व्यापार गर्न रोक लगाएपछि दृष्टिविहीन नागरिकहरू आन्दोलनमा उत्रिएका छन्।
  • आन्दोलनकारीहरूले जीविकोपार्जनको विकल्प नदिई सडक व्यापार गर्नसमेत रोक लगाइएको भन्दै विरोध जनाएका छन्।
  • उनीहरूले मर्यादित रूपमा व्यापार गर्न पाउने व्यवस्था, रोजगारी वा भत्ताको व्यवस्था गर्न माग गर्दै माइतीघरमा दैनिक आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ महानगरपालिकाले सडकपेटी, मठमन्दिर र चोकहरूमा व्यापार गर्न रोक लगाएपछि दृष्टिविहीन नागरिकहरू आन्दोलित भएका छन्। सोमबार माइतीघरमा भेला भएर उनीहरूले महानगरको कदम र सरकारको उदासीनता विरुद्ध विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा दृष्टिविहीन सुदीप ओलीले सरकारले गाँस, बास र कपासको ग्यारेन्टी नगरेको अवस्थामा सडकमा व्यापार गरेर जीवनयापन गर्न समेत नदिएको गुनासो गरे। उनले नगरप्रहरीले दमन गर्ने, दिनभर होल्डिङ सेन्टरमा थुन्ने र महिलाहरूमाथि अभद्र व्यवहार गर्ने गरेको आरोप समेत लगाए।

आन्दोलनरत पक्षले राज्यले दृष्टिविहीनहरूलाई सडकपेटीमा मर्यादित रूपमा गरी खान दिनुपर्ने वा योग्यता अनुसारको रोजगारी र भत्ताको व्यवस्था गर्नुपर्ने माग राखेका छन्। आफूहरूका लागि वैकल्पिक व्यवस्था नभएसम्म दैनिक बिहान ९ बजेदेखि १२ बजेसम्म माइतीघरमा आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन्।

यो समाचारमा

काठमाडौँ महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लु पुष्टि

    काठमाडौं । चरा तथा पन्छीमा लाग्ने अतिसंक्रामक भाइरल रोग ‘बर्ड फ्लु’ हालसम्म ११ जिल्लाका ८२ स्थानमा देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार चैत ४ गते मोरङमा पहिलोपटक देखिएको बर्ड फ्लु हालसम्म ११ जिल्लामा फैलिएको हो ।झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर

    Data is loading...

    Loading brands...

    Loading footer...